चितवन । इन्ट्रयाक्ट क्लब अफ स्काईराडरद्धारा असहाय बृद्धा आश्रमलाई सहयोग गरिएको छ । शनिवार रत्ननगर–१३ मा रहेको असहाय बृद्धा आश्रममा रहेका १२ जना बृद्धाहरुलाई इन्ट्रयाक्ट क्लब अफ स्काईराडरले खिर खुवाउने कार्यक्रमसँगै कोभिड महामारीमा महत्वपूर्ण मानिएको माक्स, सेनिटाइजर, साबुन लगाएतको सामाग्री सहयोग गरेको हो ।

क्लबकी अध्यक्ष आयुष्मा पोख्रेलले आफुहरुलाई अभिभावकहरुले खाजा खान दिएको पैसा कटाएर जोगाएको रकमबाट सो कार्य गरिएको बताइन् ।

उनले गुरु पुर्णिमाको अवसरमा आश्रममा रहेका बृद्धाहरुलाई खिर खुवाउने कार्यक्रम राखिएको बताइन् । उनले सो सहयोग कार्यक्रमसँगै बृद्धाहरुलाई कोभिडबाट बच्ने उपाएका साथमा डब्लुएचओको मान्यता अनुसार हात धुने बिधि पनि सिकाइएको जानकारी दिइन् ।

सो क्लबले यस अघि पनि वातावरण सरसफाई, स्वास्थ्य सम्बन्धि काम गर्नुका साथै हेल्थ क्याम्प पनि चलाउदै आएको छ ।

शनिवारको कार्यक्रममा निवर्तमान अध्यक्ष प्रतिक्षा उपाध्याय लगाएत क्लबका १८ जना सदस्यको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया