महेश पाण्डे
चितवन । पूर्वी चितवनमा रहेका दुई वटा लायन्स क्लबहरु लायन्स क्लब अफ रत्ननगर मिड नेपाल तथा लायन्स क्लब अफ रत्ननगर पिसले संयुक्त रुपमा आफ्ना स्थापना दिवस मनाएका छन् ।

६ वर्ष अगाडी अर्थात २०१५ जुलाई २४ तारिकमा एकै दिन स्थापना भएका दुवै क्लवहरूले आफ्नो छैठौं स्थापना दिवस तथा वार्षिक उत्सव कार्यक्रम शनिवार सौराहामा एक कार्यक्रम गरि भव्यताका साथ मनाएका छन् । सो कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष सुर्य प्रकाश रेग्मी र लायन्स क्लब अफ रत्ननगर पिसका अध्यक्ष गोबिन्द पौडेलले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा दुवै क्लवका अध्यक्षले आफ्नो क्लबले सामाजिक क्षेत्रमा पुयाएको योगदान र भावी योजनाहरूको बारेमा प्रकाश पारेका थिए । सो कार्यक्रमको प्रमुख अतिथि रहेका लायन्स ईन्टरनेशन ३२५ वि.२ का डिष्ट्रिक गभर्नर राम प्रसाद भट्टले दुवै क्लवले सामाजिक क्षेत्रमा गरेको अतुलनीय योगदानको मुक्त कंठले प्रशंसा गरेका थिए ।

गभर्नर भट्टले लायन्स क्लव अफ रत्ननगर मिड नेपाल तथा सो क्लबका अध्यक्ष सुर्य प्रकाश रेग्मी डिस्ट्रिकमै उत्कृष्ट र सर्वोत्कृष्ट भएकोमा मेडलद्वारा सम्मानीत गरेका थिए ।

कार्यक्रममा दुवै क्लबका निर्वतमान अध्यक्षद्धय किशोर चालीसे र नरेन्द्र बेलबासेले आफ्नो कार्यकालमा बिभिन्न कार्यक्रम गरि सहयोग गर्ने सबैलाई पुरस्कार तथा सम्मान पत्रले सम्मानित गरेका थिए ।

सो कार्यक्रममा मानव सेवा आश्रम चितवनकी संयोजक तथा सामाजिक अभियन्ता निता के.सीलाई समाज सेवा र मानव सेवामा पुर्याएको अतुलनिय योगदान वापत दोसल्ला तथा सम्मान पत्रद्धारा सम्मानित गरिएको लायन्स क्लव अफ रत्ननगर मिडनेपालका संस्थापक अध्यक्ष लायन सुरेश चन्द्र आचार्यले जानकारी दिए ।

कार्यक्रममा उपस्थित रहेका क्लबका सदस्यहरुले कालिका नगरपालीका वडा नं. १० मा रहेको देउजर र रत्ननगर नगरपालीका वडा नं. ८ रमाइलो गाँउलाई “मेरो लायन्स गाँउ” घोषणा गरी उक्त गाँउलाई सामाजिक तथा आर्थीक रुपमा रूपान्तरणका लागी निरन्तर कार्य गर्ने प्रतिबद्धता जाहेर गरेको लायन्स क्लब अफ रत्ननगर पिसका संस्थापक अध्यक्ष कृष्णलाल श्रैष्ठले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

यसरि लायन्स क्लब अफ रत्ननगर मिड नेपाल “मेरो लायन्स गाँउ” घोषणा गर्ने डिष्ट्रिककै पहिलो क्लब बन्न सफल भएको छ ।

सो कार्यक्रममा दुवै क्लबले मानव सेवामा र सामाजिक सेवामा क्लब स्थापना देखि अहिले सम्म गरेका दर्जनौ कामको चर्चा गरिएको थियो ।




तपाईको प्रतिक्रिया