चितवन । आज (बिहिबार) भरतपुर, टाँडी र चनौली वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा लाइन जाने भएको छ । हेटौँडा ग्रिड महाशाख अन्तर्गतको सबस्टेसनमा १३२ केभी बसबार कण्डक्टर मर्मतका लागि चितवनका भरतपुर, टाँडी र चनौली वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा बिहान ९ बजेदेखि दिउसो २ बजेसम्म विद्युत अबरुद्ध हुने विधुत प्राधिकरणले जनाएको छ ।

यस्तै नवलपुरको गैडाकोट र तनहुँको देवघाट क्षेत्रमा पनि विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण जनाएको छ ।

तपाईको प्रतिक्रिया