काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ६ सय ३४ र ४ हजार ९ सय २२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार २ सय ६ जना गरी ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट ९ हजार ७९१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार बुधबार कोरोना संक्रमणबाट १ हजार ९ सय ९३ जनामा कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म नेपालमा ६ लाख ४९ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया