चितवन । लायन्स कल्ब अफ रत्ननगर सम्बृद्धीले श्री गायत्री बेद बेदागं संस्कृत विधालय गुरुकुलमका बटुकहरुलाई खिर खुवाएको छ । शुक्रबार अर्थात खिर खाने विशेष दिन श्रावण १५ को दिन पारेर आफ्नो संस्कृति रितिरिवाज, चाडपर्वलाई जगेर्ना गर्ने उद्धेश्यका साथ बटुकहरुलाई खिर खुवाइएको लायन्स कल्ब अफ रत्ननगर सम्बृद्धीकी अध्यक्ष दिक्षा अधिकारीले जानकारी दिइन् ।

उनले र.न.पा १ मा रहेको श्री गायत्री बेद बेदागं संस्कृत विधालय गुरुकुलम्मा रहेका बटुकहरुलाई हंगर रिलिफ कार्यक्रम अन्र्तरगत खिर खुवाउने कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन् ।

डिस्ट्रिक डिपार्टमेन्ट मेम्बर गंगा सुवेदीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सदस्य, विद्यालय ब्यवस्थापन समितिका सदस्य तथा क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया