महेश पाण्डे
चितवन । रोटरी क्लब अफ रत्ननगरको २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार रत्ननगरमा एक कार्यक्रमको आयोजना गरि रोटरी क्लब अफ रत्ननगरले आफ्नो २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ जोन ३० का असिस्टेन्ट गर्भनर नारायण प्रधानले नव गठित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

प्रधानले रोटरी क्लब अफ रत्ननगरको नव गठित कार्य समितिका अध्यक्ष निराजन खनाल, इलेक्ट प्रसिडेन्ट सुर्य पौडेल, नोमिनि प्रेसिडेन्ट रामहरी लम्साल, सचिव दिपेन्द्र चापागाई, कोषाध्यक्ष निमेष खनाल लगाएतका नव गठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

सो कार्यक्रममा क्लबले प्रकाशन गर्ने मासिक बुलेटिन तथा स्मारिका पनि बिमोचन गरिएको थियो ।

कार्यक्रममा ह्याचरी संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानबहादुर बिसुराल, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष शिवराज उप्रेती, पुर्व अध्यक्ष बिपिन पोख्रेल लगाएतको उपस्थिति रहेको थियो ।

रोटरी क्लब अफ रत्ननगरले आफ्नो २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरिरहदा हाल सम्म सौराहामा घण्टाघर, टिकौलीमा सार्वजनिक सौचालय, लटौली खाजा घर, शहिद स्मृति पुस्तकालय, रत्ननगर उद्योग वाणिज्य संघमा पुस्तकालय, सौराहामा मुसहर बस्ति निर्माण लगाएतका महत्वपूर्ण सामाजिक कार्य गरि सकेको छ भने सो यात्रालाई हरेक वर्ष नया अध्यक्ष आइरहदा पनि निरन्तरता दिइ रहेको छ । हाल सो क्लबमा करिब ६० जना सदस्यहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया