चितवन । चितवनमा कोरोना संक्रमणको दर बढ्दै गएको पाइएको छ । सोमबार मात्रै चितवनमा एकैदिन २१२ जना संक्रमित थपिएका छन् । अहिले हरेक दिन जसो चितवनमा दैनिक कोरोना संक्रमण दर बढेसँगै चितवनका अस्पतालहरुमा कोरोनाको चाप बढेको पाइएको छ ।
सोमबार थपिएका २१२ जना संक्रमितको हाल चितवनमा विभिन्न अस्पतालमा उपचार गराइरहेको स्वास्थ्य कार्यालय चितवनले बताएको छ । जसमध्ये आईसीयूमा ८० जना, भेन्टिलेटरमा १८ जना, एचडीयूमा ४८ जना र जेनरल बेडमा ८४ जना रहेको सो कार्यालयको भनाई रहेको छ । सो कार्यालयका अनुसार विगत २४ घण्टामा मात्रै २८ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज पनि भएका छन् । यो संगै चितवनमा
त्यस्तै सोमबार मात्रै २ जनाको कोरोना संक्रमणको कारणनै मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन मेडिकल कलेजमा चितवनका एक जना र पुरानो मेडिकल कलेजमा बाराका एक जना रहेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।