चितवन । रोटरी क्लव अफ पूर्वी चितवनले खैरहनी नगरपालिका वडा नं ३ मा रहेको चन्डी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल व्याग हस्तान्तरण गरेको छ ।

मंगलबार सो विद्यालयका गरिब तथा जेहेन्दार १४० जना विद्यार्थीहरुलाई रोटरी क्लव अफ पूर्वी चितवनले स्कुल व्याग हस्तान्तरण गरिएको हो ।

क्लवका अध्यक्ष राममणि न्यौपानको अध्यक्षता तथा रोटरी क्लवका असिष्टन गर्भनर नारायण प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा रोटरी क्लवका पदाधिकारी, सदस्य, विद्यालय प्रधानाध्यापक, शिक्षा तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको क्लवका सचिव पुजन लामिछानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया