चितवन । जेसिज सप्ताहको अवसरमाआयोजित मैत्रीपूर्ण फुटबलमा नारायणगढ जेसिज र खेलकुदपत्रकार मञ्चचितवनले बराबरी खेलेका छन् ।

आज (बुधबार) बिहान नारायणगढको क्याम्पाचौरमा भएको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा जेसिजले ३ गोलको अग्रता लिएपनि सो अग्रतालाई जोगाउन भने सकेन ।

पहिलो हाफमा ३ गोलले पछि परेको खेलकुद पत्रकारको टोली दोस्रो हाफमा खेलमा फर्कियो । दोस्रो हाफमा खेलकुद पत्रकारले २ गोल गर्दा एक आत्मघाति गोल भएपछि खेल ३–३ को बराबरीमा सकिएको हो ।

जेसिज सप्ताहको अवसरमा नारायणगढ जेसिजले बिभिन्न कार्यक्रम गर्दै आएको छ । साता व्यापी कार्यक्रम अन्तर्गत यसअघि १७ गते आइतबार बिभिन्न ९ शाखा बीच हाजिरी जवाफ, १८ गते देवघाट समाज कल्याण केन्द्रलाई खाद्यान्न तथा जिन्सी सहयोग र १९ गते नव सदस्यहरुको अभिमुखिकरण तालिम सम्पन्न भइसकेको छ ।

२१ गते कुरिनटार स्थित जेसिजगाउँमा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम, २२ गते बिभिन्न स्थानमा सहयोग कार्यक्रम तथा २३ गते युवासँग जन प्रतिनिधि एवं समापन कार्यक्रम हुने नारायणगढ जेसिजका अध्यक्ष बासुदेव दवाडीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया