महेश पाण्डे
चितवन । रोटरी क्लब अफ रत्ननगरले सोमबार खैरहनी—४ मा रहेको कंकाली सामुदायीक वनमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पर्यावरणको लागि सहयोग भन्ने नारालाई लिएर सो वनमा करिब ७०० बिरुवा रोपिएको क्लबका सचिव दिपेन्द्र शर्माले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि जोन ३० का एसिस्टेन्ट गर्भनर नारायण प्रधानले सामाजिक कार्यमा रोटरी क्लब अफ रत्ननगरले गरेको कार्यको प्रशंसा गरेका थिए । उनले पर्यावरण रहे मात्रै मानव जातीको अस्तित्व रहने भएकाले यसको संरक्षणको लागि सबै लाग्नु पर्ने बताए ।

क्लबका अध्यक्ष निराजन खनालले सामाजिक कार्यमा आफुहरको काम निरन्तर चल्ने बताए । उनले वृक्षारोपण कार्यले मानिसले प्राप्त गर्ने अक्सिजन मात्रै पाउने नभई प्राकृतिक सौन्दर्यसंगै भुक्षय लगाएतका प्राकृतिक प्रकोप कम कर्न पनि उपयोगि रहेको धारणा ब्यक्त गरे ।

सो कार्यक्रममा रोटरी क्लब अफ पूर्वी चितवनका संस्थापक अध्यक्ष एंव कंकाली सामूदायीक वनका अध्यक्ष राममणि न्यौपाने, खैरहनी वडा नं. ४ का वडा अध्यक्ष देव बहादुर बस्नेत, कंकाली सामुदायीक वनका वरिष्ठ उपाध्यक्ष युवराज थापा मगर, सह–सचिव रामहरी अर्याल, सदस्य कमल अधिकारी, रोट्रयाक्ट क्लब अफ रत्ननगरका अध्यक्ष राजिव शर्मा, रोट्रयाक्ट क्लब अफ पूर्वी चितवनका संस्थापक अध्यक्ष पुजन लामिछाने लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया