महेश पाण्डे
चितवन । रत्ननगर ब्याडमिन्टन क्लबको आयोजनामा नागपञ्चमिको अवसर पारेर रत्ननगर स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपालमा लकडाउन सुरु भए यता ब्याडमिन्टनमा सबैको रुचि बढेको देखिएकाले र “स्वस्थ्य जिवन जिउनका लागि खेलकुद” भन्ने मुख्य नारा राखेर रत्ननगर स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष प्रमोद पोख्रेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

सोमबार देखि सुरु भएको सो प्रतियोगिताको रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत शिषिर पौडेलले उद्घाटन गरे । उद्घाटन लगत्तै बोल्दै पौडेलले स्थानिय युवाहरुको सोच र चाहना बमोजिम खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएकोमा खुसि लागेको बताए ।

उनले खेल भन्ने कुरा रमाइलो मात्रै नभएर मानिस स्वस्थ रहने एउटा माध्यम पनि भएकाले त्यसको निरन्तरता हुन आवश्यक रहेको बताए ।

कार्यक्रममका बिशिष्ठ अतिथि रहेका स्थानिय समाजसेवी तथा बकुलहर हाट बजार समितिका सचिव झपेन्द्र पन्तले रत्ननगर जस्तो ठाउँमा युवाहरुमा ब्याडमिन्टन प्रतिको रुचिले प्रतियोगिताको आयोजना गरिदा भोलिका दिनमा देशका लागिनै राम्रा खेलाडी जन्मिने एउटा माध्यम बन्नेमा आफु बिश्वस्त रहेको बताए । उनले कार्यक्रममा सहभागि सबैलाई सफलताको शुभकामना पनि ब्यक्त गरे ।

संस्थाका सचिव अंकित बोहोराले कोरोना महामारीमा धेरै खेलाडीले प्रतियोगितामा सहभागि हुने इच्छा राखेको भएपनि सो संभव नभएकाले प्रतियोगिको संख्या घटाइएको जानकारी दिए ।

उनले सो प्रतियोगितामा ११ टिमका २२ खेलाडिलाई मात्र सहभागिताको लागि फाइनल गरिएको बताए । बोहोराका अनुसार खेल हरेक बिहान ५ः३० बजे देखि ९ बजेर सम्म र बेलुका ५ बजे देखि ८ बजे सम्म सञ्चालन हुने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा हुने सबै खेल आइपिएलको नियममा खेलाइने छ ।

क्लबका सल्लाहाकार रहेका बद्री आचार्यले सामाजिक दुरीसंगै खेल हेर्नेलाई माक्स र सेनिटाइजर भने अनिवार्य गरिएको बताए । उनले कोरोना महामारीको बेला कसरी हुन्छ एक अर्कासँग टाँढा रहेर र सुरक्षित ढंगबाट खेल सञ्चालन हुने बताए । सो खेलको रेफ्री राजकुमार पुरी रहेका छन् भने सो खेलमा सहभागी सबैलाई जर्सी भने सौराहा चोकमा रहेको सहारा सुपर मार्केटले सौजन्य गरेको छ ।

आजनै सो खेलको उद्घाटन खेल शिव तथा शुरजको जोडि र महेश तथा यादवको जोडिका बिचमा भएको थियो । जसमा महेश र यादवको जोडि बिजयी भएको छ ।

त्यस्तै दोस्रो खेल प्रमोद तथा रोजनको जोडि र नेत्र तथा बिकासको जोडिका बिचमा खेल भएको थियो जसमा प्रमोद तथा रोजनको जोडि बिजयी भएको छ ।

त्यस्तै तेस्रो खेल श्याम र शुरेसको जोडि तथा बिष्णु र माधवको जोडिका बिचमा खेल भएको थियो जसमा श्याम र शुरेसको जोडि बिजयी भएको छ ।

त्यस्तै चौथो अन्कित र जनकको जोडि तथा कृष्ण र शुरजको जोडिका बिचमा खेल भएको थियो जसमा अन्कित र जनकको जोडि बिजयी भएको छ । बाँकी खेल आज बेलुका ५ बजेबाट शुरु हुनेछ ।

तपाईको प्रतिक्रिया