चितवन । भारतीय प्रहरीमा कार्यरत एक नेपालीको धारिलो हतियार प्रहार गरि हत्या गरिएको छ । भारतको विहारमा पर्ने गोपालगंज जिल्लामा रहेको थानामा हवल्दार पदमा कार्यरत भरतपुर महानगरपालिका वडा नं. ६ केशरवागका ३४ बर्षिय अर्जुन ढकालको मंगलबार राति धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो । डिउटीमा नै खटिरहेको समयमा ढकालको धारिलो हतियारको प्रहारबाट हत्या भएको विहार पुलिसले पुष्टी गरेको स्थानिय दिपक पाठकले जानकारी दिए ।

गोपालगंज डिष्ट्रीक पुलिसबाट अहिले शवको पोष्टमार्टमको प्रक्रिया सुरु गरिएको खबर आएको पाठकको भनाइ छ । सो घटनाका बिषयमा डिउटी समयमा खटिएका अन्य प्रहरी जवानसंग पनि सोधपुछ भइरहेको भन्ने खबर गोपालगंज डिष्ट्रीक पुलिसबाट आएको पाठकले बताए ।
मृतक ढकालको सब पोष्टमार्टम पश्चात नेपाल ल्याउने तयारी भइरहेको आफुलाई जानकारी प्राप्त भएको भरतपुर ६ का वडा अध्यक्ष हरिविलास कोइरालाले जानकारी दिए । ढकाल विहार पुलिसमा विगत १५ बर्ष देखि कार्यरत रहेका थिए ।

तपाईको प्रतिक्रिया