महेश पाण्डे
चितवन । रत्ननगर ब्याडमिन्टन क्लबको आयोजनामा शुक्रबार सम्पन्न भएको रत्ननगर ब्याडमिन्टन प्रतियोगिताको उपाधि शुरेस र श्यामको जोडीले उचालेको छ ।

गत सोमबारबाट ११ टिमका २२ जना खेलाडिको सहभागितामा भएको रत्ननगर ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संकरणको उपाधि शुरेस जंग पाण्डे र श्याम शर्माको जोडीले उचालेको हो ।

लगातार सबै खेल जितेको सो जोडीले शुक्रबार भएको फाइनल खेलमा प्रमोद पोख्रेल र रोजन तिवारीको जोडिलाई २१—१७ र २१—१८ को सोझो सेटमा हराउदै उपाधि कब्जा गर्न सफल भएको हो ।

सो प्रतियोगितामा प्रमोद पोख्रेल र रोजन तिवारीको जोडि द्धितिय भयो भने बिष्णु के.सी र विष्णु श्रेष्ठको जोडी तृतिय भयो । सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेका प्रमोद पोख्रेल भने म्यान अफ दि टुर्नामेन्ट बने ।

बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि कल्याण टोल बिकास संस्थाका अध्यक्ष तथा हाट बजार ब्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद रिजालले नगद, मेडल, ट्रोफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

सो प्रतियोगिताको समापन कार्यक्रममा स्थानिय समाजसेवी तथा हाटबजार ब्यवस्थापन समितिका सचिव झपेन्द्र पन्त, रत्ननगर नगरपालिकाका लेखा अधिकृत कृष्ण सुवेदी, क्लबका सचिव अंकित बोहोरा, क्लबका सल्लाहाकार बद्री आचार्य लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष प्रमोद पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया