चितवन । चितवनमा रातिको समयमा धारिलो तरवार बोकि हिड्ने २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०ः०० बजेको समयमा रत्ननगर नगरपालिका वडा न. ११ सित्तलटोल स्थित सार्बजनिक कच्ची सडक खण्डमा तरवार बोकि हिड्ने २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा सोही वडाको सितलटोलमा बस्ने ३२ बर्षका सरोज तामाङ्ग र बर्ष २० का समिर नेपाली रहेको प्रहरीको भनाई रहेको छ ।
उनिहरुको साथमा फलामको धारिलो धार भएको २ फिट ८ ईन्च लामो तरबार १ थान फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रातको समयमा तरवार साथमा लिई शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा उनिहरुलाई फेला पारिएको हो ।
पक्राउ परेका दुवै जनालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।











