चितवन । भरतपुरमा एक पुरुषको वेवारिसे लास फेला परेको छ । सोमबार बिहान १ः१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. ३ लायन्सचोक नजिक ज्योति विकास बैंक को अगाडि सडक पेटिमा रहेको चौतारीमा एक पुरुषको वेवारिसे लास फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भेटिएको सव अन्दाजि २७/२८ वर्षका राजु मगर भनि चिनिने एकिन नाम थर र ठेगाना नखुलेको सडकमा मागी खाई हिडडुल गर्ने ब्यक्ति रहेको जनाएको छ । ति पुरुष विगत १२÷१३ दिन देखि ज्वरो खोकिले ग्रस्त रहेको उनि नजिक संगै हिड्ने व्यक्तिबाट खुल्न आएको प्रहरीले जनाएको छ । हाल सो सव भरतपुर अस्पतालको सव गृहमा रहेको छ ।











