महेश पाण्डे
चितवन । विद्यालय भवन बकुलहर आर्युवेद स्वास्थ्य केन्द्रलाई प्रयोग गर्न नदिने भन्दै बकुलहर माबिले ज्ञापन पत्र बुझाएको छ । सो बिद्यालयले बिहिबार रत्ननगर नगरपालिका कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगर वडा नं. १ कार्यालयमा गई केहि दिन देखि जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रलाई ठाउँ अभाव भएको कारण देखाई स्कुलको पश्चिम तर्फको भवन प्रयोग गर्न दिने भन्ने बिषयमा नगरपालिकाले निर्णय गरि सकेको भन्ने कुरा बाहिर आएको भएपनि सो को जानकारी बिद्यालयलाई नरहेकाले कुनै पनि हालतमा बिद्यालयको भवन अन्य कुनै पनि प्रयोजनको लागि प्रयोग गर्न नदिने भन्दै ज्ञापन पत्र बुझाएको हो ।

बिद्यालयकी प्रधानाध्यापक कमला ढकालले बिद्यालय सञ्चालनमा रहेको ठाउँ वरपर सुकुम्वासी, जनजाती, दलित, आदिवासीको उच्चचाप रहेको बताउदै उनले गरिब अभिभावकका बालबालिकाको बढ्दो जन्मदर साथै उच्च जनसंख्याको चापसाथै विद्यालय भर्ना हुने उमेर समुहका शिशु बालबालिकाको संख्या पनि धेरै रहेको ठाउँ भएकाले पनि उनिहरुको ब्यवस्थापनको लागि नै विद्यालयको जग्गा र भवन अझै पनि नपुग र कमी हुने बताईन् ।

ढकालले बि.सं २०४१ सालमामा स्थापना भएको सो बिद्यालयको इतिहास पनि लामो रहको बताउदै हरेक वर्ष बिद्यालयमा भर्ना भएका बिद्यार्थीको नतिजा राम्रो आउने गरेको बताउदै यस वर्ष २०७८ को शुरुमै विश्वमहामारी कोभिडको संक्रमण कालिन अवस्था रहेपनि करिब ३२१ जना विद्यार्थी भर्ना भइसकेको र भर्नाको क्रम पनि निरन्तर जारी रहेको बताईन् ।

ढकालले अहिले बिद्यालयको जग्गामा पहिले देखिनै भानु प्रेरणा पुस्तकालयको संस्था, दुर्गा र सरस्वती मन्दिर समेत रहेको बताईन् । उनले विद्यालयको उत्तर तर्फ रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जहाँ हाल नव निर्माणाधिन पक्की भवन समेत बनि रहेको अवस्थालाई मध्यनजर गर्दा विद्यालयले चर्चेको र विद्यार्थीको पठनपाठन भइरहेको विद्यालय भवनमा जिल्ला आयुर्वेदलाई पनि प्रयोगको लागि दिने भन्ने कुरा मान्य नहुने बताईन् । ढकालले अझ त्यसमा पनि रत्ननगर वडा नं १ को कार्यालयले एक पक्षीय रुपमा निर्णय गरी आयुर्वेदलाई भवन प्रयोग गर्न दिने भनेर सिफारीस गरेको सन्दा आफुहरु अचम्मित भएको बताईन् ।

उनले विद्यालयलाई आधिकारीक पत्राचार सम्म पनि नगरी विद्यालयको सार्वजनीक सम्पति र सिङ्गो विद्यालयलाई नै प्रभावित हुने गरि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रक्रिया अघि बढाउन खोजेकाले विद्यालय परिवारको गम्भीर ध्यानाकर्षण भएको बताईन् ।
विद्यालय जस्तो शिक्षाको ज्योतिलाई व्यबस्थापन गरी उज्यालो पार्नु पर्नेमा गरिब सुकुम्बासी र आदिवासी जनजातिले पढ्ने विद्यालयलाई सिमित घेराबन्दि गर्न खोजिएकोले सो कदम विद्यालयलाई किमार्थ मान्य नहुने बताउदै ढकालले विद्यालयले चर्चेको सिमित साघुरो जग्गामा निर्माण संरचनाको मापदण्ड, वैज्ञानिक मापन नपुग्ने साथै स्वास्थ्य केन्द्र र विद्यालय दुवै संस्था साँघुरो भै संचालन हुन नसक्ने अवस्था रहेकाले त्यसको लागि विद्यालय परिवार सहमत नहुने बताईन् ।

बिद्यालयको ज्ञापन पत्र बुझ्दै रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले स्कुललाई समस्या पर्ने किसिमको कुनैपनि निर्णय नगर्ने बताउदै स्कुलमा अन्य केहि कुरा थप गर्न मिल्ने वा नमिल्ने भन्ने कुरा बिद्यालयले दिने बिद्यार्थीको नतिजाबाट थाहा पाइने बताए ।

तपाईको प्रतिक्रिया