चितवन । नारायणी पुलबाट हामफालेका एक पुरुष नारायणी नदिमा बगेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (मंगलबार) बिहान ६:५५ बजेको समयमा भरतपुर महानगरपालीका वडा नं. ३ मा रहेकाे नारायणी नदीको पुलको बिच भागबाट हाम फालेका अन्दाजी ४५ वर्षीय एक पुरुष नारायणी नदिमा बगेर बेपत्ता भएका हुन् ।

नदिमा हाम फालेका ती पुरुषकाे हालसम्म नाम, थर र ठेगाना खुल्न नसकेकाेे र उनकाे खाेजी कार्य भने भइरहेको प्रहरीकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया