काठमाडौं । सरकारले यही भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिएको छ ।

आउँदो सोमबार श्रीकृष्ण जन्माष्टमी परेकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज (बिहीबार) सार्वजनिक सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया