महेश पाण्डे
चितवन । माडीको मगोई खोलामा आएको बाढीका कारण पुल ढलानको लागि तयार गरिएको सेन्टिङ्गको लागि तयार गरिएको सामाग्री बगाउदा करिब १० लाख बराबरको क्षति भएको छ ।
बिहिबार राति देखि लगातार परेको पानीका कारण आज (शुक्रबार) बिहान करिब ६ बजेतिर मगोई खोलामा बाढी आएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले जानकारी दिए ।
उनले लोहनी कन्स्ट्रक्सनले बिगत २ वर्ष देखि बनाउन सुरु गरेको पुलको २ वटा स्ल्याब बनि सकेको र तेस्रो स्ल्याबको ढलानको लागि सेन्टिङ्ग गरेर तयारी गरेको भएपनि बाढी आएसँगै सबै सेन्टिङ्गका सामाग्रीहरु बगाएको बताए ।

सो खोलाले नजिकै रहेको बिद्युतको पोल भएको स्थान तर्फ पनि बाढीले कटान सुरु गरे पछि अहिले बिद्युत लाइन पनि काटिएको पौडेलको भनाई छ ।
पौडेलले अहिले माडीका रिउ, परेउ, घागर, पतेरे, बगर खोला लगाएतका ठाडो खोलामा पानीको सतह बढी रहेको र सबैलाई सतर्क रहन आग्रह गरे ।











