चितवन । बोन म्यारो समस्याबाट पिडित रहेका माडीका युनिक ढकालको उपचारको लागि बेल्जियममा रहेका बिष्णु पौडेलले आर्थिक सहयोग गरेका छन् ।

माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शनि मन्दिर टोल निवासी यम बहादुर ढकालका छोरा युनिक ढकालको उपचारको लागि बेल्जियममा रहेका माडी ७ देबेन्द्रपुरका बिष्णु पौडेलले आर्थिक सहयोग गरेका हुन् ।

युनिक बिगत लामो समयदेखि रगत सम्बन्धि बोन म्यारो समस्याबाट प्रताडित रहेका छन । युनिकको उपचारको लागि डाक्टरको सल्लाह अनुसार झन्डै १५ लाख रुपैयाँ रकम लाग्ने भएपछि सो रकम बराबरको आर्थिक सहयोग जुट्नेक्रम अगाडि बढेको हो । यसैअनुरुप बेल्जियमबाट पौडेलले बेल्जियम ९२५ युरो अर्थात नेपाली १ लाख २५ हजार ६ सय २० रुपैयाँ सहयोग गरेका हुन ।

उक्त रकम आज माडी ७ का वडा अध्यक्ष बालकृष्ण सापकोटाको अध्यक्षतामा युनिककी आमा सिता ढकाललाई हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा सामाजिक अगुवा एबम शिक्षक एक नारायण पौडेल, युवा पण्डित शुदर्शन सुबेदी, समाजसेवी एबम ब्यबसायी कुलदिप सुबेदी लगाएत विभिन्न पेशामा क्रियाशिल सामाजिक ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया