कमेडी जनराको टेलिफिल्म ‘चल्दैछ’ प्रसारणमा आएको छ । टेलिफिल्म हरेक शुक्रबार साँझ साढे सात बजे बिएमएचडी र शनिवार सवा एक बजे बुढासुब्बाको अफिसियल युट्युब च्यानलबाट प्रसारणमा आएको हो ।

बुढासुब्बा म्युजिक सेण्टर प्रस्तुतिमा निर्माण भएको टेलिफिल्मलाई रत्न जोशीले निर्देशन गरेका हुन् । नवराज गिरी र सरस्वती गिरीले निर्माण गरेको टेलिफिल्ममा माधव पण्डित, केशव सापकोटा, शुशीला निरौला (बिमली), अञ्जु रुवाली, मारिया कार्की, पीएल श्रेष्ठ, सुरज महर, प्रतिक गिरीलगायत कलाकारको अभिनय रहेको छ ।

मनीष गौतम र रिवाज दाहालको लेखन, नवराज गिरीको गीत र चेतन सापकोटाको संगीत रहेको टेलिफिल्ममा गौरी मल्ल र चेतन सापकोटाको स्वर, किरण गिरीको सम्पदन, सम्रटा थापाको पाश्र्व संगीत, श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स र रंग तथा विशाल प्रजापतिको छायांकन छ ।

तपाईको प्रतिक्रिया