महेश पाण्डे
चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. बिश्वनाथ पौडेलसँग “चितवनको बिकासका संभावना” बिषयमा अन्तर्क्रिया गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघ तथा रोटरी क्लब अफ रत्ननगरले संयुक्त रुपमा आज (आईबार) रत्ननगरमा “चितवनको बिकासका संभावना” बिषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको हो ।

सो कार्यक्रममा उपस्थित रहेका डा. पौडेलले चितवनमा बिकासका संभावनाका बारेमा ब्याख्या गरेका थिए । उनले बिशेष गरि त्रिशुली बहुउद्देश्यिय परियोजनालाई सार्थक गर्न सके चितवनको ठुलो उपलब्धी हुने बताए ।

उनले सो परियोजना मार्फत हुदी देखि शक्तिखोर सम्मको सुरुङ्ग मार्ग बनाउन सके अहिले यात्रुले निकै जोखिम मोलेर यात्रा गरि रहनु पर्ने करिब ३५ किलोमिटर मुग्लिन नारायणगढ सडक खण्ड मात्रै ७—८ किलोमिटरमा नै झार्न सकिने बताए ।

डा. पौडेलले सो सुरुङ्ग मार्गका साथमा टनेल बनाई पानी पनि ल्याउन सकिने कुरा अध्ययनले देखाएकाले यदि त्यसो हुन सकेमा समग्र पूर्वी चितवनमा सिचाईको लागि पानीको राम्रो ब्यवस्था गर्न सकिने धारणा ब्यक्त गरे ।

उनले चितवनमा मुख्य राजमार्ग ४ लेनको बन्ने क्रममा रहेको बताउदै चितवन पर्यटकिय नगर पनि भएकाले कृषिको साथमा पर्यटनलाई पनि जोड दिनु पर्ने जिकिर गरे । डा. पौडेलले अहिले चितवनमा खहरे खोलाहरुमा बाढीको कारणले समस्या धेरै परेको बताउदै त्यसको समाधानको लागि अल्पकालिन भन्दा पनि दिर्घकालिन योजना आवश्यक हुने हुदा सोही अनुसारको योजना बनाइ आफुहरुको अगाडी बढ्ने बताए ।

कार्यक्रममा उपस्थित रहेका जिल्ला समन्वय समितिका चितवन संयोजक कृष्ण कुमार डल्लाकोटीले नारायणी नदिको पुलको समय सिमा सकि सकेकाले त्यसको बिकल्प नखोजिएमा त्यसले ठूलो दुर्घटना निम्त्याउने भन्दै चिन्ता ब्यक्त गरे ।
डल्लाकोटीले रामपुर कृषि बिश्वबिद्यालयले सोचे अनुरुपको प्रगति नगरेको मा गुनासो गर्दै चितवनको गौरबको रुपमा र्धुमुस सुन्तली फाउण्डेसनले बनाउदै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई सरकारले योजना बनाएरनै अगाडी बढाउनु पर्ने धारणा ब्यक्त गरे ।

रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले चितवनको सौराहा देशकै तेस्रो पर्यटकिय गन्तब्य भएकाले त्यसको बिकासकालागी ठोस योजना ल्याउन सुझाव दिए । उनले चितवनको आकर्षणको रुपमा रहेको राष्ट्रिय निकुञ्जमा मानव र वन्यजन्तु बिचमा द्धन्दको स्थिति सिर्जना हुने गरेकाले त्यसको समाधानकोलागि निकुञ्ज सिमामा पर्खाल लगाउनु पर्ने धारणा ब्यक्त गरे ।

उता कालिका नगरपालिकाका नगर प्रमुख खुम नारायण श्रेष्ठले शक्तिखोरमा औद्योगिक क्षेत्र बिस्तारको लागि भनेर जग्गा छुट्याइएको भएपनि त्यस त्यति प्रगति नदेखिएकाले सरकारले दिर्घकालिन योजनाका साथमा उद्योग धन्दाहरु सञ्चालन गर्नुपर्ने धारणा ब्यक्त गरे ।
सो कार्यक्रममा बोल्दै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले नबनियुक्त योजना आयोगका उपाध्यक्ष डा. पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

उनले चितवनको बिकासका लागि अन्र्तक्रियामा उठेका बिषय निकै महत्वपूर्ण भएको बताए । श्रेष्ठले डा. पौडेल चितवनको नै प्रतिनिधित्व पनि भएकाले उठेका सम्बन्धित बिषयमा योजना बनाएर अगाडी बढ्नेमा आफु बिश्वस्त रहेको बताए ।

रोटरी क्लब अफ रत्ननगरका पुर्ब अध्यक्ष बिष्णु शर्माले सञ्चालन गरेको सो कार्यक्रममा रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष तथा संघका महासचिव निराजन खनालले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा रोटरी क्लबका एसिस्टन्ट गर्भनर नारायण प्रधान, रत्ननगर अस्पतालका अध्यक्ष गोपाल कर्मचार्य, बकुलहर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठ, राप्ति उद्योग वाणिज्य संघका उपाध्यक्ष मार्कन्ड्य गौतम, संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया