महेश पाण्डे
चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपाल तथा ईलाका ट्राफिक कार्यालय टाँडीको आयोजनामा चालक र सहचालकलाई निशुल्क आँखा शिविर सम्पन्न भएको छ । जसमा २४३ जनाले चालक र सहचालकले सेवा लिएका छन् ।

लायन्स ईन्टरनेशनलको वार्षीक कार्यक्रम अन्र्तगत लायन्स क्लब अफ रत्ननगर मिड नेपालले बुधवार रत्ननगरको सौराहा चोकमा ईलाका ट्राफिक कार्यालय टाँडीको सहकार्यमा निशुल्क आँखा शिवीर राखिएको क्लबका अध्यक्ष सुर्य प्रकाश रेग्मीले जानकारी दिए ।

उनले लायन्सको वार्षीक कार्यक्रम अन्र्तगत यस बर्ष फरक ढंगबाट ट्राफीक प्रहरीसँग सहकार्य गरि चालक तथा सहचालकको आंखा परिक्षण तथा सचेतना कार्यक्रम गरिएको बताए ।

सो कार्यक्रमका संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष दिलिप सुवेदीले गाडी चलाउने चालक र सह चालकले आँखा पनि उत्तिकै मात्रामा बेला बेलामा चेक जाँच गराउनु पर्छ भन्ने सन्देश दिन पनि कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कार्यक्रमलाई आखाँ अस्पताल भरतपुरले पनि सहयोग गरेको सुवेदीले बताए ।

कार्यक्रममा भरतपुर आँखा अस्पतालका प्राविधिक तथा डिस्ट्रिक डेपुटी चिफ रमेश घिमिरेको नेतृत्वमा रहेको ६ जनाको टोलीले चालक तथा सह चालकलाई आँखा जाँच को सेवा दिएको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी प्रमुख ईन्द्र बहादुर राणाले प्रहरीसँगको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रमबाट मानव सेवा सँगसँगै चालक र सह चालकलाई पनि आफ्नो आँखा जाँच पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने जानकारी दिन सो कार्यक्रम सफल भएको बताए ।

आँखा शिविरमा जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख भगवान राज थापा, लायन्स क्लब ईन्टरनेशनलका डिस्ट्रिक को चिफ एड्भाइजर दिपेन्द्र खतिवडा, डिस्ट्रिक डेपुटी चिफ शुरेस चन्द्र आचार्य, रिजन चियर पर्शन ओमलाल सापकोटा, जोन चियर पर्शन प्रकाश शर्मा, लियो क्लब अफ रत्ननगर मिड नेपालकी अध्यक्ष अस्मिता आचार्य लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया