प्रकाशवावु खनाल
नेपाली काग्रेस रत्ननगर १४ को कृयाशील भेला सम्पन्न भएको छ । आसन्न १४ औँ महाधिबेशन केन्द्रीत विषय बस्तुमा रहेर भेलामा छलफल गरिएको थियो । भेलामा कृयाशीलहरुले विभिन्न पदमा आफ्नो आकाक्षां सहित उमेद्वारी घोषडा गर्नु भएको थियो ।

कार्यक्रमा अधिकाशं वक्ताहरुले संगठनको शुद्धीकरण र मजबुदीकरणमा जोड दिएका थिए । विगतका कमी कमजोरी हरुको आत्मा समिक्षा गर्दै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको भन्दै नयाँपुस्ताका कृयाशीलहरुले अग्रज कृयाशीलहरुको ध्यानाकर्षण गराएका थिए । महाधिवेशनलाई वडा स्तर बाट नै सर्वसम्मत गराउन खेमराज दुवाडीको संयोजकत्वमा बलराम खड्का र रमेश खनाल सदस्य सहने गरी भेलाले सहजीकरण समिति पनि चयन गरेको छ ।

वडा उपसभापति गिरीराज अधिकारीले स्वगत मन्तव्य राख्नुभएको उक्त भेलामा वडा सभापति कमलनाथ अधिकारीले अधिवेशनको परिणामलाई अस्वीकार गरी हारको प्रतिशोध स्वरुप स्थानीय ,प्रदेशिक तथा संघीय चुनावमा काग्रेशले काग्रेशलाई नै हराउने प्रवृतिको अन्त्य हुनु पर्ने बताउनु भयो ।

अधिवेशनको हार र जीतलाई सहज रुपामा स्वीकार गर्न सक्ने क्षमता काग्रेशी जनहरुमा भए काग्रेशलाई कुनै पनि शक्तिले हराउन नसक्ने उहाँको भनाइ थियो । महाधिवेशन प्रतिनिधि गिता देवकोटाले सम्बोधन गर्नु भएको कार्यक्रम वडा सचिव रामजी दकालले सन्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया