चितवन । मुग्लिन नारायणगढ सडक खण्डको पाँच किलो र घोप्टे भिरमा लेदो सहितको पहिरो खसेको छ । जसका कारण बिहानै देखि पहिरो खस्दा सडक अबरुद्ध भएको छ ।
आज (शुक्रबार) बिहान परेको पानीका कारण मुग्लिन नारायण सडक खण्डको पाँच किलोको दुई ठाँउमा पहिरो गएको छ भने मुग्लीन र कुरिनटारको बिचमा रहेको घोप्टे भिरमा पनि पहिरो गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान राज थापाले जानकारी दिए ।
अनुसार थापाका अनुसार पाँच किलोको मुग्लिन तिरको भागमा लेदो सहितको पहिरो खसेको छ भने भरतपुर तर्फको भागमा पहाडको ढिस्को नै खसेको छ । त्यस्तै उता कुरिनटारको बिचमा रहेको घोप्टे भिरमा भने लेदो सहितको पहिरो खसेको छ ।
थापाले पाँच किलोमा खसेको पहिरो पन्छाउन २ वटा डोजर प्रयोग गरिएको र घोप्टे भिरको पहिरो पन्छाउन फिस्लिङबाट डोजर आउदै गरेको जानकारी दिए । उनले सो बाटो प्रयोग गरेर हिड्ने यात्रुलाई ट्राफिक प्रहरीबाट बाटो खुले नखुलेको जानकारी दिएर मात्रै यात्रा गर्न आग्रह गरे ।











