चितवन । नेपाली कांग्रेस रत्ननगर वडा नं १० को सभापतिमा कलाधर पौडेल (नारायण) पुनः सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्र्तगत सोमबार सम्पन्न वडा स्तरिय भेला मार्फत रत्ननगर वडा नं १० को सभापतिमा कलाधर पौडेल (नारायण) पुनः सर्वसम्मत रुपमा दोस्रो कार्यकालको लागि चयन भएका हुन् ।
उनि संगै सबै कार्य समिति नै निर्विरोध निर्वाचित भएको छ । जस अनुसार उप—सभापतिमा रबिन्द्र शर्मा चालिसे र किसन प्रसाद पौडेल (दिनेश), सचिवमा जागेश्वर चालिसे र बेद पाण्डे, सह—सचिवमा मायानाथ बराल र शंकर पुरी रहेका छन् ।















