
चितवन । नेपाली कांग्रेस रत्ननगर वडा नं १ को सभापतिमा कुल प्रसाद सापकोटा सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्र्तगत सोमबार सम्पन्न वडा स्तरिय भेला मार्फत रत्ननगर वडा नं १ को सभापतिमा कुल प्रसाद सापकोटा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
उनि संगै सबै कार्य समिति नै निर्विरोध निर्वाचित भएको छ । जस अनुसार उप—सभापतिमा ध्रुवराज लामिछाने र काशीराम शर्मा पौडेल, सचिवमा शुभराज पोख्रेल र सुदिप कुमार नहर्की, सह—सचिवमा सावित्री चौधरी र ज्योती महत्तो रहेका छन् ।
नेपाली कांग्रेस रत्ननगर वडा नं १ को सर्व सम्मत कार्य सम्मत यस प्रकार रहेको छ ।