महेश पाण्डे
चितवन । चितवनका ३६ जना जनप्रतिनिधिले नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोजेका सनाखत गरेका छन् । तर पहिला सनाखत गरेर पनि ५ जनाले भने पछि सनाखत फिर्ताको लागि निवेदन दिएका छन् ।
सनाखत फिर्ता दिएकाको निवेदन परे पनि सो उपर निवार्चन आयोगले निर्णय लिने चितवनका जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिए । सनाखत फिर्ता लिनेमा रत्ननगरका चार जना र भरतपुरका एक जना वडा सदस्य र महिला सदस्य रहेको कार्कीको भनाई छ ।

उनले चितवनका सात स्थानीय तह अन्र्तगत भरतपुर, रत्ननगर, माडी र राप्तीका ३६ जना जनप्रतिनिधिले समाजवादी रोजेको बताए । कार्कीका अनुसार दल रोज्ने अन्तिम दिन आज (मंगलबार) साँझ पाँच बजेसम्ममा ११ जना वडा अध्यक्षसहित २५ जना वडा सदस्यले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

नेकपा एमाले परित्याग गरि माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गर्ने प्रतिनिधिहरुमा भरतपुर महानगरपालिकाबाट पाँच जना वडा अध्यक्ष र १० जना वडा सदस्यहरु गरेर जम्मा १५ जना रहेका कार्कीकाले बताए ।

त्यस्तै रत्ननगर नगरपालिकाबाट चार वडा अध्यक्ष र सदस्यहरु गरेर १२ जना, राप्ती नगरपालिकाबाट एक जना वडा अध्यक्ष र एक जना सदस्य गरे २ जना रहेका छन् ।

साथै माडी नगरपालिकाबाट एक वडा अध्यक्ष र दुई सदस्य गरि जम्मा ३ जना रहेका छन् ।
तर चितवनका ७ स्थानिय तह मध्य कालिका नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकाबाट भने कसैले पनि नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छैनन् । जम्मा ७ नगरपालिकाबाट माधव कुमार नेपाल नेतृत्वको नेकपा नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

तपाईको प्रतिक्रिया