चितवन । नारायणी नदी सरसफाई गरिएको छ । रोटरी क्लब अफ नारायणगढ, स्पाउजेज क्लब अफ नारायणगढ, रोट्रयाक क्लब अफ नारायणगढ र इन्ट्रयाक क्लब अफ वाल्मिकीको संयुक्त आयोजनामा आइतबार (सेप्टेम्बर १२ ) विहान पवित्र नरायणी नदी सरसफाई गरिएको हो ।

सर्पोटीङ इन्भाइरोमेन्टल डिस्ट्रिक –२८२० जापानको अनुरोधमा प्रकृतिक वातावरण संरक्षणका लागि नदिनाला, ताल तलाउ सरसफाई अभियान अन्र्तरगत सरसफाई गरिएको क्लबका अध्यक्ष अरुण कुमार खनालले जानकारी दिए ।

रोटरी क्लबका जोन २९ असिस्टेन गभर्नर रो. सरद गोपाल न्याछुँको प्रमुख अतिथि तथा रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अरुणकुमार खनालको सभापतित्वमा सरसफाई कार्यक्रम सम्पन्न भएको क्लबका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक रोहित कुमार श्रेष्ठले जानकारी दिए । सो सरसफाई कार्यक्रममा ३२ जना सहभागी रहेको श्रेष्ठको भनाइ छ ।

तपाईको प्रतिक्रिया