चितवन । लायन्स क्लब अफ रत्ननगरको आयोजनामा देवघाटको वृद्धाश्रममा रहेका बृद्धबृद्धालाई खाना खुलाउने कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार लायन्स क्लब अफ रत्ननगर र लियो क्लब अफ राइनो रत्ननगरको आयोजनामा समाज कल्याण केन्द्र देवघाटको वृद्धाश्रममा रहेका ५० जना ज्येष्ठ नागरिकहरुलाई लायन्स क्लबको वार्षिक कार्यक्रम अन्र्तगत खाना खुलाउने कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रम क्लबका अध्यक्ष लायन गोविन्द कृष्ण श्रेष्ठका पुजनिय पिता स्व. मङ्गल कृष्ण श्रेष्ठको स्मृतिमा गरिएको क्लबका सचिव बिकास पुरीले जानकारी दिए ।

सो बृद्धबृद्धालाई खाना खुलाउने कार्यक्रममा जोन चियर पर्शन शिवलाल श्रेष्ठ, क्लबका निर्वतमा अध्यक्ष शिवलाल पुरी, डिस्ट्रिक डिपार्ट मेम्बरद्धय विकर्ण कुमार श्रेष्ठ र दिपक प्रसाद बास्तोला, कोषाध्यक्ष होम प्रसाद भट्ट, लियो अध्यक्ष मुनाल भट्ट, लियो पुर्व अध्यक्ष दिपक काप्री, लियो प्रथम उपाध्यक्ष अपेक्षा तिमल्सिना लियो कोषाध्यक्ष ओजश्वि अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया