महेश पाण्डे
चितवन । पूर्वी चितवन अन्र्तगत पर्ने रत्ननगरको टिकौलीदेखि तरकारी चोक सम्म सिसी क्यामरा राखिएको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरले मोनिटरिङ गर्ने गरि रत्ननगर नगरपालिका क्षेत्रभित्र सिसी क्यामरा जडान गरिएको हो । ईलाका प्रहरी कार्यालय टाँडीले आज (सोमबार) एक कार्यक्रम गरि सो मोनिटरिङ रुमको उद्घाटन ग¥यो । क्यामरा जडान पश्चात दुर्घटना न्यनिकरण हुने बिश्वास लिइएको छ ।

रत्ननगर नगरपालिकाको १४ वटा र पब्लिक प्रहरी साझेदारी अवधारणा अन्र्तगत ब्यवसायीको सहयोगमा ८ वटा गरि करिब २३ लाखको लगानिमा पूर्वी चितवनको टिकौली देखि तरकारी चोक सम्मलाई कभर गर्ने गरि राजमार्गमा २२ वटा सिसी क्यामरा जडान गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख ईन्द्र रानाले जानकारी दिए ।

भदौ महिनादेखिनै सो सिसी क्यामरा मोनिटरिङ गर्न सुरु गरिएको बताउदै रानाले सोको कारणले २ वटा हिट एण्ड रन केस, १ वटा चोरीका घटना समाधान गर्न सफल भएको बताए । उनले आफु आएको ६ महिना भएको बताउदै आफु आएपछि रत्ननगरमा समस्या रहेको नदि दोहोनलाई रोक्न अभियाननै चलाएको बताए ।

रानाले सो अभियान चलाएसँगै अहिलेसम्म टिपर, जेसिभी, ट्रयाक्टर लगाएतका ९० वटा सवारी साधनलाई कार्वाही गरि ५ लाख ५९ हजार जरिवाना उठाएको जानकारी दिए । उनले आफु आएपछि ६९ जना फरार अपराधी पक्रिन सफल भएको पनि बताए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले रत्ननगरमा पहिले देखिनै सिसी क्यामरा राख्ने आफुहरुको लक्ष्य भएपनि बल्ल आएर सो लक्ष्य पुरा भएको बताए ।

उनले पहिलो चरण अन्र्तगत रत्ननगर नगरपालिका क्षेत्रमा नगरपालिकाले १४ वटा सिसी क्यामरा सहयोग गरेको भएपनि दोस्रो चरण स्वरुप सौराहा देखि बद्रेनी सम्म सिसी क्यामरा जडान गर्ने लक्ष्य रहेको सुनाए । उनले नदि दोहोन अहिले रत्ननगरको मुख्य समस्याको रुपमा रहेको बताउदै त्यसलाई ब्यवस्थित बनाउन चाँडैनै खोला नालाको टेण्डर आह्वान गर्ने पनि बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले अबका प्रहरी प्रविधी मैत्री हुनुपर्ने धारणा ब्यक्त गरे । उनले अन्य देशका प्रहरी प्रविधिको भरमा अगाडी बढेर अपराधलाई न्युनिकरण गर्ने र अपराधिलाई पहिचान गर्न सफल भएको बताउदै रत्ननगरमा जोडिएको सिसी क्यामराले पनि दुर्घटना न्यनिकरण गर्न र अपराधी पहिचान गर्न सहयोग गर्ने बताए ।

प्रहरीहरु चोकमा बसेपनि उनिहरुबाट केही त्रुटी हुन सक्ने बताउदै एसपी अधिकारीले सिसी क्यामराबाट भने सो त्रुटी नहुने बताए । उनले सिसी क्यामराको भिडियो अपराधि बिरुद्ध सजाएको लागि अदालतमा पनि मान्यता हुने भएकाले सिसी क्यामराको भिडियो प्रहरीका लागि पनि ठुलो उपलब्धी हुने बताए ।

रत्ननगर नगरपालिकाकी उप प्रमुख बिमला देवी दुवाडीले धेरै घटनाहरु राजमार्गमानै घटि रहेने तर त्यसको बारेमा सजिलै निस्कर्ष निकाल्न नसकिने अवस्था रहेकोमा अब भने सिसी क्यामरा जडानसँगै प्रहरीलाई सहज हुने धारणा राखिन् ।

तपाईको प्रतिक्रिया