चितवन । सानिमा लाईफ इस्योरेन्स लि. टाँडी शाखाले घरमै गएर मृत्युदाबी बापतको १५ लाख भुक्तानी रकम प्रदान गरेको छ । बिमा कम्पनीहरूले दावी भुक्तानी दिदैनन् भन्ने मानसिकतालाई चिर्दै सानिमा लाईफले बिमितको मृत्यु भएको महिना दिन भित्रै दाबी भुक्तानी गरेर उदाहारणिय काम गरेको हो ।

सो कम्पनिले रत्ननगर वडा नं. १० का स्वर्गीय प्रकाश सुवेदीकी आमा गिता देवी शर्मा सुबेदीलाई मृत्यु दावी भुक्तानी वापतको रु १५ लाख ६७ हजार ५०० रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

रत्ननगर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सानिमा लाईफ इन्स्योरेन्स टाँडी शाखाका प्रबन्धक केशवराज बरालले बिमाको महत्व को बारेमा आफ्नो धारण राखेका थिए ।

उनले कम्पनिले बिमितलाई छिटो छरितो ढंगबाट दावी भुक्तान दिने गरेको धारण ब्यक्त गरे । कम्पनिले कुनै पनि दावी बाँकी नराखेको बताउदै बरालले बिमितको दावी भुक्तानी दिनुनै आफुहरुको दायित्व रहेको बताए ।

सो कार्यक्रममा सानिमा लाईफ नारायणगढ शाखाका प्रबन्धक विकास भुषाल, भण्डारा शाखाका प्रबन्धक अनन्तराज वाग्ले, टाँडी शाखाकी ग्राहक सेवा प्रमुख कविता न्यौपाने, एजेन्सी म्यानेजर विमल दुवाडी लगाएतको उपस्थिति रहेको थियो ।

२०७६ साल भदौमा १५ लाखको बीमा गराएका सुवेदीको गत २०७६ श्रावण २८ गते कोरोनाको कारणले मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया