चितवन । लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ अन्र्तगत एरिया ४१ मा रहेका १२ लायन्स क्लब तथा ४ वटा लियो क्लबमा रहेका पदाधिकारीहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार पूर्वी चितवनको पदमपुर देखि सौराहामा क्षेत्रमा रहेका अर्थात एरिया ४१ अन्र्तगत पर्ने १२ लायन्स क्लब तथा ४ वटा लियो क्लबमा रहेका पदाधिकारीहरुको संयुक्त पदस्थापन कार्यक्रम सौराहामा सम्पन्न भएको हो ।

सो कार्यक्रममा वर्ष २०२१/२२ का लागि क्लबमा पदाधिकारीको रुपमा चयन भएका सदस्यहरुलाई पदस्थापन गरिएको सो कार्यक्रमका संयोजक तथा रिजन चियर पर्शन ओमलाल सापकोटाले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले कार्यक्रममा रिजन ४१ अन्र्तगत रहेका क्लबअरुबाट करिब १७० जनाको सहभागीता रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका डिस्ट्रिक गर्भनर राम प्रसाद भट्टले लायन्स तथा लियो क्लबमा आबद्ध सबै आफु भन्दा कम भाग्यमानीको सेवामा लाग्न आएको बताउदै पदाधिकारीहरु सबैलाई सपथ ग्रहण गराएका थिए ।

लायन्स क्लब अफ रत्ननगरका संस्थापक अध्यक्ष शुरेस आचार्यकाे कार्यक्रम सञ्चालन तथा लायन्स क्लब अफ चितवन राइनो सिटीका निवर्तमान अध्यक्ष भुपेन्द्र धितालको अध्यक्षतामा भएको सो कार्यक्रममा डिस्ट्रिक द्धितिय उपाध्यक्ष नवराज न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया