चितवन । रत्ननगर वडा नं. १० को जन जागृती टोलमा सुविधा सम्पन्न बिकास ग्रोसरी ईन्टरप्राइजेज खुलेको छ । सो ग्रोसरीको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले मंगलबार उद्धघाटन गरे ।

उद्धघाटन पछि बोल्दै श्रेष्ठले अब शहरमा मात्र नभएर गाँउघर तिर पनि ग्रोसरी खुल्दा सो ठाउँका मानिसहरुलाई समयको पनि बचत र सबै कुरा एकै ठाउमा पाउन पनि सहज हुने बताए ।

उनले ग्रोसरी खुलेसँगै क्वालिटीलाई पनि ध्यान दिएर ग्राहकको स्वास्थ्यको ख्याल गरेर ब्यापार गर्नु पर्ने सुझाव पनि दिए ।
सो ग्रोसरी रत्ननगर–१० कै युवा उद्यमी बिकास पौडेलले करिब ७० लाखको लगानीमा खोलेका हुन् ।

पौडेलले आफ्नो ग्रोसरीमा सम्पूर्ण खाद्यान्न सामान, किराना सामान, कस्मेटिक सामान, भाँडा कँुडाहरु, जुत्ता चप्पल, स्टेशनरी, पुजा सामाग्री लगाएतका सामानहरु पाईने बताए । उनले असोज २१ गते सम्मको लागि प्रत्यक सामानमा ५ प्रतिशत छुटको पनि ब्यवस्था गरिएको जानकारी दिए ।

सो कार्यक्रममा रत्ननगर वडा नं. १० का कार्यवाहक वडा अध्यक्ष कमल बहादुर घिमिरे, वडा सदस्य छन्नुराम चौधरी, गाँमबेशी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा, सामाजिक अभियन्ताद्धय ज्ञानेन्द्र राज पाण्डे र मुरली प्रसाद गजुरेल लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया