चितवन । पूर्वी चितवनको खैरहनीबाट प्रहरीले नगद सहित जुवा तास खेलि रहेका ८ जनालाई पक्राउ गरेको छ । पूर्वी चिनवनको खैरहनी न.पा.वडा नं.८ लक्ष्मीनगर स्थित कृष्ण श्रेष्ठको घरमा तास तथा कौडा खेली रहेको भन्ने सूचनाको आधारमा मंगलबार साँझ .०५ः०० बजेको समयमा नगद सहित ८ जना प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले खैरहनी लक्ष्मिनगरमा रहेको कृष्ण श्रेष्ठको घरमा जुवा खेलिरहेका भन्ने सुचनाको आधारमा खानतलासी गरि घरबेटी सहित ८ जनालाई घरको तल्लो तलामा रहेको पछाडी पट्टीको कोठामा खाल थापी पैसाको हारजित हुने गरी तास तथा कौडा खेली रहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेकाबाट १ बुक तास र एकमुष्ठ रु.१,४४,१७०÷– रकम फेला परेको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेहरुमा खैरहनी न.पा.वडा नं.८ लक्ष्मीनगर बस्ने बर्ष ४१ वर्षका कृष्ण श्रेष्ठ, खैरहनी न.पा.वडा नं.६ पुरानोपर्सा बस्ने ४४ वर्षका नविन बस्नेत, खैरहनी न.पा.वडा नं.८ पर्सा बस्ने ४१ बर्षका बिष्णु सुनार, राप्ती न.पा.वडा नं.६ भण्डारा वस्ने ३९ बर्षका सुदिप गिरी, राप्ती न.पा.वडा नं.६ भण्डारा बस्ने २८ बर्षका दिपेश बर्तौला, राप्ती न.पा.वडा नं. ६ भण्डारा बस्ने ३६ बर्षका चुडामणी थपलिया, राप्ती न.पा.वडा नं.४ डडुवा बस्ने ६८ बर्षका केशव प्रसाद तिमिल्सिना र राप्ती न.पा.वडा नं.५ भण्डारा बस्ने ३५ बर्षका सुदन धरेल रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुको अनुसन्धान भइरहेको र कानून बमोजिम कार्वाही हुने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया