चितवन । माछापुच्छ्रे बैंक कर्मचारी संघद्वारा ॐ शान्ति राष्ट्रिय आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयाेग गरिएको छ ।

माछापुच्छ्रे बैंक कर्मचारी संघले छैठौं वार्षिकोत्सबलाई सप्ताह व्यापी कार्यक्रम रुपमा मनाउने क्रमसँगै शुक्रबार रत्ननगर-१, निपनीमा रहेकाे ॐ शान्ति राष्ट्रिय आधारभूत विद्यालयलाई १ थान स्मार्ट टिभी सहयाेग प्रदान गरेको हाे ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामेश्वर महतोको अध्यक्षता रहेकाे साे कार्यक्रममा माछापुच्छ्रे बैंक कर्मचारी संघ केन्द्रिय अध्यक्ष विकास श्रेष्ठ प्रमुख आतिथि रहेका थिए ।

सो कार्यक्रममा रत्ननगर न. पा. १ का वडा सदस्य बाबुराम गौतम, माछापुच्छ्रे बैंक कर्मचारी संघका बरिष्ठ उपाध्यक्ष वेशीधर घिमिरे, निर्धन उत्थान लघुवितिय रत्ननगर शाखाका प्रमुख ज्योतीराज रेग्मी, शिक्षाविद डा. बसन्त अधिकारी, रोप बहादुर सिलवाल, दिपक श्रेष्ठ, दयाराम ढकाल लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

सहयाेग प्राप्त गरेपछि साे कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राधी चौधारीले सबैलाई स्वागत गर्दै विद्यालयको गतिविधीका बारेमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया