चितवन । चितवनको खैरहनि स्थित पर्सामा रहेको आँखा उपचार केन्द्रलाई स्थानीय पाण्डे परिवारले करिब डेढ करोड बराबरको जग्गा दान गरेका छन् । पर्साका समाजसेवी स्वर्गीय जनकबहादुर पाण्डेका छोराहरू जगतबहादुर पाण्डे,सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले संयुक्त स्वामित्वमा रहेको खैरहनी ८ को वडा कार्यालय नजिकको जग्गा केन्द्रलाई दिएका हुन ।

पूर्वी चितवनलाई सेवा प्रदान गर्ने उद्वेश्यले बि.स.२०६५ सालदेखि लायन्स क्लव अफ चितवन इस्टको स्थानीय व्यवस्थापनमा संचालन हुने गरी आँखा उपचार केन्द्र स्थापना गरिएको थियो । स्थापनाकालदेखि केन्द्र भाडाको घरमा संचालनमा छ ।

उपचार केन्द्रमा विरामीको चाप बढ्दै जानु ,आँखाको अप्रेशनसम्मको अतिरिक्त सेवा विस्तार गर्ने लक्ष्य अनुसार सुविधायुक्त भवनको आवश्यक थियो ।

तपाईको प्रतिक्रिया