महेश पाण्डे
काठमाण्डौ । “म त ढुब्दै ढुब्दै” बोलको गित युट्युबमा राखेको केहि समयमानै ट्रेन्डिङमा आएको छ । नबिन के शर्मा र सुजन तमाङको लगानिमा बनेको सो गित असोज १ गते द डिभाइन म्युजिकको युट्युबमा राखेको केहि समयमानै युट्युबको ट्रेन्डिङमा आउन सफल भएको हो ।

अहिलेका बेस्त एंव चलन चल्तिका संगितकार अर्जुन पोख्रेलको रचना एंव संगित रहेको सो गितमा किरन गज्मेर र ममता गुरुङको आवाज रहेको छ ।

सो गितको म्युजिक भिडियोमा नायक पुष्प खड्का र श्रेया सिटौलाको अभिनय रहेको छ भने म्युजिक भिडियोलाई रामजि लामिछनेले निर्देशन गरेका छन् । करिब ६ लाखको लगानिमा निर्माण भएको सो म्युजिक भिडियोको पोष्ट प्रोडक्सनको काम भने बोण्ड्स फिल्म प्रोडक्सन प्रा.ली. ले गरेको हो ।

तपाईको प्रतिक्रिया