महेश पाण्डे
चितवन । पूर्वी चितवन विद्युत ब्यवसायी संघको कार्यालय कोठाको उद्धघाटन गरिएको छ । रत्ननगर वडा नं. १, ॐ प्लाजामा संघको कार्यालयको आज (सोमबार) उद्धघाटन गरिएको हो । सो कार्यालय भवनको उद्धघाटन विद्युत ब्यवसायीका जेष्ठ सदस्य हरि प्रसाद चौधरीले गरे ।

बिगत १५ वर्ष देखि पूर्वी चितवनमा रहेका विद्युत व्यवसायीको हकहितको लागि समुहको रुपमा रहेको समितिलाई यहि श्रावण १४ गते दर्ता गरि आधिकारीकता दिएसँगै सो संघको कार्यालयको उद्धघाटन गरिएको हो । हाल सो संघमा पूर्वी चितवनका १ सय भन्दा वढी ब्यवसायीहरु आवद्ध रहेको संघका अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

सो कार्यक्रममा विद्युत ब्यवसायी संघद्धारा सञ्चालित सदस्य हित कोषका संयोजक उद्धव गौतम लगाएत संघमा आवद्ध व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया