चितवन । कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधरण सभा सम्पन्न भएको छ । कम्प्युटर ब्यवसायीहरुको छाता संगठन कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधारण सभा सोमबार नारायणगढमा सम्पन्न भएको हो ।

सो कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सन्तोष जनक भुषालले अहिलेको युग प्रविधिको युग भएकाले यसको महत्व र सबै क्षेत्रको बिकासकालागि संघसंस्था लगाएतसँग सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए ।

पशु बिज्ञान, पशु बिज्ञान र मत्स्य बिज्ञान संकाय रामपुरका डिन प्राध्यापक डाक्टर होम बहादुर बस्नेत प्रमुख अतिथि रहेको सो कार्यक्रममा सचिव टेकलाल भुषाल तथा कोषाध्यक्ष रुपक नेपालले आफ्नो वार्षीक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपस्थित रहेका कार्यसमिति सदस्य ई. कृष्ण पोख्रेलले आईटी ब्यवसाय र सामाजिक मिडिया डिजाईन सम्बन्धि आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
संस्थाका उपाध्यक्ष दिलिप कुमर तमाङले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा क्यान महासंघका केन्द्रिय सदस्य भानु शर्मा, क्यान बागमती प्रदेश उपाध्यक्ष बिष्णु प्रसाद लामिछाने, उवासंघ चितवनका उपाध्यक्ष भोजराज कौंडेल लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया