महेश पाण्डे
चितवन । नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा पुन रुपनराज घिमिरेले उमेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत यहि असोज ९ गते हुने नगर समितिको निर्वाचनको लागि हालका सभापति समेत रहेका रुपनराज घिमिरेले पुन सभापतिको लागि उमेदवारी घोषणा गरेका हुन् ।
घिमिरेसँगै सोही प्यानलबाट उप सभापतिमा कमलनाथ अधिकारी र अपिल अधिकारी, सचिवमा अनिता अर्याल र दिपन्द्र श्रेष्ठले पनि आफ्नो उमेदवारीको घोषणा गरेका छन् ।

उमेदवारी घोषणा कार्यक्रममा बोल्दै घिमिरेले कांग्रेसको नेतृत्व युवाहरुले गर्नुपर्ने अहिलको आवश्यकता बमोजिमनै आफुहरुले उमेदवारी दिएको बताए । उनले यस अघिको स्थानिय निर्वाचनमा आफु पनि मेयर पदमा चुनावमा भाग लिदा हार बेहोरेको स्मरण गर्दै त्यसको दोष आफ्नो रहेको र त्यसमा गरिएको कमि कमजोरीको जिम्मा आफुले लिएको बताए ।

उनले आफ्नो जिवनको उर्जासिल समय राजनितिमानै लागेर सेवा गर्ने सोच रहेको र पार्टीलाई एकताबद्ध गरेर अब आउने चुनावमा पहिलो नं.को पार्टी बनाएर लैजान सबैको हातेमालो आवश्यक रहेका जिकिर गर्दै त्यसको लागि आफु सक्षम भएकाले पनि उमेदवारी दिएको धारणा ब्यक्त गरे ।

उनले आफु रत्ननगरमा जन्मेको र जन्मसँगै राजनितिको बारेमा बिस्तारै बिस्तारै बुझ्दै जाने माहोल रत्ननगरबाटनै बनेको स्मरण गर्दै आफु सिंगो पार्टीलाई रत्ननगरको सवालमा मिलाएर लान सक्षम पनि भएकाले पनि उमेदवारी दिएको बताए ।

उनले कांग्रेसको १४औं महाधिवेशनमा आफु र आफ्नो प्यानलाई मत दिइ जिताउन आग्रह गर्दै यसले सिंगो रत्ननगर कांग्रेसलाई बलियो र अबको दिनमा १ नं. पार्टी बनाउन मद्दत मिल्ने बताए ।

तपाईको प्रतिक्रिया