चितवन । आगामी निर्वाचनमा मेयर उप–मेयर लगाएतका कुनै पनि पदमा नउठ्ने उद्घोष गर्दै कांगेस युवा नेता प्रल्हाद सापकोटाले नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा उमेदवारी घोषणा गरेका छन् ।

आज (बुधवार) रत्ननगरमा एक कार्यक्रमको आयोजना गरि प्रल्हाद सापकोटाले नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा उमेदवारी घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत यहि असोज ९ गते हुने नगर अधिवेशनका लागि सापकोटाले आफ्नो प्लानल सहितको उमेदवारी घोषणा गरेका हुन् ।
उनको प्यानलमा उप सभापतिमा केदारमान बाइवा र शिवकान्त पौडेल, सचिवमा तिर्थराज सुवेदी र विरेन्द्र चौधरी, सह–सचिवमा अमृत मल्ल र गोबिन्द भट्टराई लगाएतका रहेका छन् ।

कार्यक्रममा आफ्नो उमेदवारी सहित प्लानलको जानकारी दिने क्रममा सापकोटाले अबको कांग्रेस भनेको गुट उपगुटको हुन नसक्ने भएकाले पार्टीलाई एक बनाए मात्र हामी कांग्रेस भन्ने भावना बिकसित हुने र त्यसलाई जगाउन आफ्नो उमेदवारी दिएको बताए ।

उनले अघिल्लो स्थानिय, प्रदेश तथा केन्द्रिय निर्वाचनमा रत्ननगरमा कांग्रेस बलियो बन्न नसक्दा हार बेहोरेको जिकिर गर्दै आफु आगामी निर्वाचनमा कुनैपनि पदको लागि भाग नलिने तर सबै ठाउँमा कांग्रेसको जित सुनिश्चित गर्ने गरि सिङ्गो पार्टी एक बनाउन अभियान लाग्ने बताए । त्यसको लागि सधै एउटै मान्छे मात्रै नेतृत्वमा हुनुपर्छ भन्ने कुरा हुन नसक्ने भएकाले आफुले उमेदवारी दिएको घोषणा गरे । उनले सबै नेपाली कांग्रेसमा आस्था राख्नेलाई आफुलाई जिताउन लाग्न आग्रह पनि गरे ।
सापकोटाको सभापतिमा भिडन्त वर्तमान सभापति समेत रहेकाका रुपनराज घिमिरेसँग रहेको छ ।











