महेश पाण्डे
चितवन । हिमालयन पञ्चबजार ब्याटमिन्टन ग्रुपले दशै तिहारको अवसरमा ब्यामिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । बिहिबार देखि सो ग्रुपले रत्ननगर–१३ जयमंगला स्थित आफ्नै ब्याडमिन्टन कोर्टमा सो प्रतियोगिता को आयोजना गर्न लागेको कार्यक्रमका आयोजक मध्यका एक शुदिप शाहाले जानकारी दिए ।

उनले देशै तिहारको अवसरमा युवाहरुलाई सक्रिय बनाउन र खेल प्रतिको अभिरुचिलाई कायम राख्न सो प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगितमा समुह “ए” र समुह “बि” गरि ४० जनाले भाग लिएको उनले बताए ।

शाहका अनुसार समुह “ए” मा २० जना र समुह “बि” मा २० जना प्रतियोगिहरुको सहभागिता रहेको छ । सो कार्यक्रमलाई रत्ननगर नगरपालिका वडा नं. १३ ले पनि सहयोग गरेको उनल जानकारी दिए ।

त्यस्तै वडा नं. १३ का वडा सदस्य अजित चौरेलले खेलाडीहरुको मनोबल बढाउनको लागि सधै वडा लागि रहने भएकाले पनि सो खेलको लागि सहयोगिको रुपमा आफुहरु अगाडि आएको जिकिर गरे ।

सो प्रतियोगिता असोज ७ गते सरु भएर असोज २१ गने समापन हुने आयोजक समेत रहेका शुन्दर भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया