चितवन । बागमती प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव पदमा नियुक्त भएका डा. शरण कुमार पाण्डेलाई किसान दाना तथा दाउन्ने ग्रुपद्धारा स्वागत तथा बधाई कार्यक्रम गरिएको छ ।

बुधवार भरतपुरमा किसान दाना उद्योग प्रा.लि., किसान एग्रो इण्डस्ट्रिज प्रा.लि., दाउन्ने भेट फर्मा प्रा.लि., दाउन्ने एग्रो प्रा.लि, एडभान्स पोल्ट्रि प्रा.लि, दाउन्ने ट्रे एण्ड प्याकेजिङ्ग प्रा.लि.ले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरि सचिव डा. शरण पाण्डेलाई स्वागत तथा बधाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै किसान दाना प्रा.लि.का अध्यक्ष रघुनाथ भट्टले संस्था स्थापना कालिन समय देखि हालका दिन सम्म पनि किसान दाना तथा दाउन्ने ग्रुपसँग जोडिएका पाण्डेलाई बधाई साथमा सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।

नव नियुक्त सचिव डा. पाण्डेले आफु बागमती प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव पदमा रहि रहदा बिषेश गरि पोल्ट्री बोर्ड बनाएर समग्र पोल्ट्री क्षेत्रको बिकासको लागि लाग्ने सोच बनाएको धारणा ब्यक्त गरे ।

उनले आफु कुखुराको दानाको न्युट्रेशन बिज्ञपनि भएका हिसाबले सुरुवाती अवस्थामा नेपाली बिज्ञलाई झट्टै बिश्वास गर्ने परिपाटी नेपालमा नरहेको अवस्थामा पनि किसान दाना उद्योगले भने आफुलाई बिश्वास गरि कार्य गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद समेत ब्यक्त गरे ।

किसान दाना तथा दाउन्ने ग्रुपका कार्यकारी निर्देशक बिनोद पोख्रेलले नव नियुक्त सचिव डा. पाण्डेलाई छोटो समयमानै खुल्ला प्रतिस्पर्धाबाट सह–सचिव हुदै सचिव तहमा पग्नु सफल भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।

उनले समग्र पोल्ट्री क्षेत्रमा देखिएका समस्याका बारेमा डा. पाण्डे आफै पनि जानकार रहेकाले हर तवरबाट पोल्ट्री क्षेत्रको लागि कार्य गर्नेमा आफु बिश्वस्त गरेको जिकिर गरे ।

सो कार्यक्रममा नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम केसी, संस्थाका निर्देशक बिपिन पोख्रेल, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी लगाएत सञ्चालकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया