चितवन । काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको कार त्रिसुलीमा खस्दा ३ जना बेपत्ता भएका छन् भने १ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गएराती अन्दाजी ११ः४५ बजेको समयमा ईच्छाकामना गालपालिका वडा नं ५ नाग्दी खोला स्थित पृथ्वी राजमार्गमा काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको कार अनियन्त्रीत भई सडकबाट करिब ३५ मिटर तल त्रिसुली नदीमा खसेको थियो ।

तिब्र गतिमा रहेको कार अनियन्त्रित भई खस्दा त्यसमा सवार कार चालक कास्की पोखरा महानगरपालिका वडा नं. १७ वस्ने ५५÷६० वर्षका प्रेम बहादुर भुजेल, सोही स्थानमा बस्ने ५५÷५६ बर्षका लेख बहादुर भुजेल र निजकी श्रीमती बर्ष ३६ की ईश्वरी भुजेल रहेको प्रहरीले जनाएको छ ।
सोही कारमा सवार पोखरा महानगर पालिका वडा नं. १७ मा वस्ने ४६ बर्षका रुद्रलाल सुवेदी भने घाईते भएको र उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको प्रहरीले जानकारी छ ।

कार त्रिसुलीमा खसेको खवर प्राप्त भएलगत्तै गोताखोरको टोलीले हराएकाहरुको खोजी कार्य गरिरहेको भएपनि अहिले सम्म फेला नपरेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया