महेश पाण्डे
चितवन । राष्ट्रिय कलाकारहरुको साथमा रत्ननगरमा गार्डेन मार्ट सांङ्गीतिक साँझ हुने भएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. तथा गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको आयोजनामा यहि असोज १३ गते बेलुका ३ बजेदेखि ७ बजेसम्म राष्ट्रिय कलाकारहरुको साथमा रत्ननगर–१, सौराहाचोकमा रहेको आफ्नै कार्यालय अगाडी गार्डेन मार्ट सांङ्गीतिक साँझ–२०७८ हुने भएको हो ।

संस्थाकि ब्यवस्थापक जुली भट्टका अनुशार यहि असार १६ गते हुने संस्थाको उद्धघाटन कार्यक्रमको पूर्व सन्ध्यामा सांङ्गीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिइन् । उनले सो कार्यक्रमको लागि राष्ट्रिय कलाकारहरु कमल खत्री, मिलन लामा, मेलिना मैनाली, महादेव त्रीपाठी लगाएतका कलाकारहरु आउने बताइन् ।

भक्तपुरको कौशलटारमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि.को अहिलेसम्म देशभर २३ वटा सेवा केन्द्र पुगेको छ भने संस्थाले अझै सेवा केन्द्र थप्दै लाने सोच बनाएको भट्टले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया