चितवन । नेपाली कांग्रेस रत्ननगर नगर समितिकाे बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ ।
आज (साेमबार) रत्ननगरमा एक कार्यक्रमकाे आयाेजना गरि नगर सभापति रुपनराज घिमिरेले आईतबारकाे नगर अधिवेशनबाट सभापति पदमा निर्वाचित भएका प्रल्हाद सापकोटा लगाएतकाे टिमलाई पद हस्तान्तरण गरेका हुन् ।
बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रममा बाेल्दै घिमिरेले अब आफु बलियो कांग्रेस बनाईराख्न सदैब निरन्तर नया कार्यसमितिकाे साथमा भइरहने प्रतिवद्धता ब्यक्त गरे ।
नव निर्वाचित सभापति सापकोटाले आफुले घिमिरेलाई आफ्नाे प्रतिद्वन्दी नमानि अभिभावक ठानेको बताउदै अबका दिनमा रत्ननगरमा कांग्रेसलाई १ नं. पार्टी बनाइ राख्न लागि पर्ने धारणा ब्यक्त गरे ।
साे कार्यक्रममा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, कांग्रेस जिल्ला प्रवक्ता निता ढकाल, जिल्ला सदस्य दिवाकर अर्याल लगाएको उपस्थित रहेकाे थियाे ।