सन्तोष बस्ताकोटी,रत्ननगर,असोज १४- रत्ननगर नगरपालिका वडा नं १६ ले वडा भित्रका बजारहरुमा अनुमगन गरेको छ ।

दसैं नजिकिदै गर्दा हुने कालोबजारी तथा मुल्यबृद्धि नियन्त्रणको लागि सोे वडाले पसल तथा उद्योगहरुमा अनुगमन गरेको हो।

वडाध्यक्ष हेमराज थापाको नेतृत्वको टोलीले थापा किसाना स्टोर्स,हिमाल नुडल्र्स लगायतका पसल तथा उद्योगहरुको अनुगमन गरिएको हो ।

कालोबजारी रोक्ने र खाद्य सामाग्रीमा हुन सक्ने मृत्यबृद्धि नियन्त्रणका लागि जनप्रतिनिधि सहितको टोलीले अनुमगन गरिएको वडाध्यक्ष थापाले बताए ।

अनुगमन टोलीले मुल्य सुची देखिने गरी राख्न,म्याद नाघेका सामाग्री विक्री नगर्न आग्रह गरेको र दोस्रो पटक त्यस्तो पाइएमा कानुन बमोजिक कारबाही हुने अध्यक्ष थापाले बताए ।

तपाईको प्रतिक्रिया