चितवन । रत्ननगर १ सौराहाचोकमा रहेको सगरमाथा मोवाइल हाउसले सञ्चालन गरेको मासिक लक्की ड्र कार्यक्रम अन्तर्गत आज ३ जना ग्राहकले उपहार प्राप्त गरेका छन् । एक हजारको मोवाइल किनेका रत्ननगर २ टाँडीका देबीप्रसाद कार्कीले १५ हजारको मोवाइट सेट उपहार स्वरुप पाएका छन् । उनले नोकिया स्मार्ट मोवाइल सेट जित्न सफल भएका हुन ।

त्यसैगरी आइटेल कम्पनीको स्मार्ट मोवाइल खरिद गरेका रत्ननगर १३ का सुवास क्षेत्रीले पनि आर्कषक स्मार्ट फोन जित्न सफल भएका छन् । त्यसैगरी सो मोवाइल हाउसबाट मोवाइल सेट खरिद गरेका राप्ती ६ का राजेन्द्र पन्तले आकर्षक स्पिकर जिल्न सफल भएका छन् । विगत एक बर्ष देखि चिठ्ठा उपहार योजना सञ्चालन गरिरहेको सो हाउसले मासिक रुपमा चिठ्ठा खोल्दै आएको छ ।

बुधवार पत्रकार होमनाथ सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । चिठ्ठा उपहार योजना अन्तर्गत ग्राहकहरुलाई उपहार स्वरुप टेलिभिजन,मोवाइल सेट प्रदान गर्दै आएको सो हाउसले दशैंको अबसरमा विभिन्न कम्पनीका मोवाइलको खरिदमा छुट अफर ल्याएको सञ्चालक शंकर पौडेलले बताए ।

तपाईको प्रतिक्रिया