चितवन । ६६ औं प्रहरी दिवसमा ईलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी हवल्दार निलिमा खनाल प्रहरी प्रधान कार्यलयबाट सम्मानित भएकि छिन् ।

बुधबार खनाललाई ६६ औ प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रम मार्फत सम्मान गरिएको हो ।

नेपाल प्रहरीको पेशागत मर्यादा कायम गर्दै नेपाल प्रहरीमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा ब्यवसायीक क्षमता प्रदान गरेको भन्दै उनलाई कदर स्वरुप प्रहरी प्रधान कार्यालयले सम्मान गरेको हो ।


खनाललाई बागमती प्रदेशकि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी प्रकाश जंग कार्कीले संयुक्तरूपमा प्रहरी प्रधान कार्यालयले प्रदान गरेको सम्मानपत्र प्रदान गरेका थिए ।

यस अघि मकवानपुरमा कार्यरत खनाल मकवानपुरमा रहँदा पनि महिला सेलमा आफ्नो कुशल क्षमता प्रस्तुत गरेकाे भन्दै प्रशंसा हुने गरेकाे छ ।

तपाईको प्रतिक्रिया